काशको फूल लहराउने र शिउलीको सुवासले दिँदैछ माँ दुर्गाको आगमनको संकेत

IMG-20240927-WA0182

सिलगढी: दुर्गा पूजाको आगमनसँगै वातावरणमा अचम्मको परिवर्तन हुन्छ। आकाशमा सेतो बादलसँगै पृथ्वीभरि फैलिएका सेतो काश फूलले देवीको आगमनको अनुभूति गराउँछ। जता हेरे उता अग्ला काशका फूलहरु मन्द हावासँग खेल्दै मन रमाउँछन्। देवीको आगमनलाई स्वागत गर्न आतुर भए जस्तो। देवीलाई स्वागत गर्न फूलहरू लहराइन्छ। साथै, शिउलीको गन्धले माता दुर्गाको आगमनको सङ्केत पनि गर्छ। यसैबीच मूर्तिकार पनि मूर्ति बनाउन व्यस्त छन्। महलया आउन केही दिन बाँकी भएकाले माँ दुर्गाको मूर्तिलाई अन्तिम रुप दिन मूर्तिकारहरुले पहल शुरु गरेका छन्। मूर्तिहरू सजाउने काम भइरहेको छ। यहाँ बजार पनि चहलपहल बढेको छ र किनमेलका लागि मानिसहरुको घुइँचो लागेको छ। मलदेखि साना पसलसम्म पनि ग्राहकको संख्या बढ्न थालेको छ। -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement