अविरल वर्षाले जनजीवन प्रभावित, पहिरोले मिरिकमा एउटा घर क्षतिग्रस्त

IMG-20240927-WA0141-1

सिलगढी: समग्र उत्तर बंगालमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण यसले ताण्डव मच्चाउन शुरु गरेको छ। लगातारको वर्षाका कारण राष्ट्रिय राजमार्ग १० का धेरै ठाउँमा पहिरो गएको छ। यसैबीच पहिरोले मिरिकमा एउटा घर ध्वस्त भएको समाचार। समाचार अनुसार, नेवाङ राईको घर बिहीबार राति पहिरोले पुरिएको छ। प्रशासनले सहयोगको हात बढाएर अर्को ठाउँमा सारेको छ। अर्कोतर्फ मिरिक प्रशासनले सबैलाई सतर्क रहन चेतावनी दिएको छ। लगातार वर्षाका कारण पहाडमा पहिरो जाने चिन्ता बढेको छ। यसैबीच आज बिहानैदेखि दार्जीलिङ, मिरिक, कालेबुङ, खरसाङ, साथै छिमेकी राज्य सिक्किममा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement