पार्टीका नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाउँदै परिचय आदान-प्रदान गर्नु एक सभा आयोजित

IMG_20220823_000948.jpg

नाम्ची: आज एसकेएम पार्टीको नाम्ची जिल्ला कार्यकारिणी समितिले आयोजना गरेको सभा नाम्चीको स्थानीय एउटा होटलमा सम्पन्न भयो। यस सभाको मुख्य उद्देश्य नाम्ची जिल्लाको पार्टीका नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाउँदै परिचय आदान-प्रदान गर्नु रहेको थियो।

उल्लेखनीय छ, गत १० अगस्तको दिन जोरथाङमा भएको पार्टीको जन उन्मुक्ति दिवसमा यी नयाँ सदस्यहरू पार्टीमा सामेल भएका थिए। यस सभाको अध्यक्षता पार्टीका वरिष्ठ उपाध्यक्ष भोजराज राईले गरेका थिए।

पार्टीका वरिष्ठ उपाध्यक्ष भोजराज राईले पार्टीको नीति-सिद्धान्त विषय कुराहरू राख्दै एसकेएम पार्टी गरीबहरूलाई गरीबीबाट उन्मुक्ति दिने पार्टी रहेको बताए। यसरी नै पार्टीमा समावेश गरेर आगामी विधानसभा चुनाउपछि एसकेएमले अझ बलियो सरकार गठन गर्ने दाबी गर्दै एसकेएम सरकारले स्विटजरल्याण्ड होइन, सिक्किमलाई सिक्किम बनाएर सिक्किमको परिचय दिनु खोजी रहेको बताए। युवाहरूलाई राम्रो राजनीतिक संस्कार दिएर सिक्किमको विकास र उन्नतिमा सहभागी बनाउन एसकेएमले प्रयास गरिरहेको उल्लेख गर्दै राजनीतिलाई व्यापार बनाउन हुँदैन भनी बताए। उनले राजनीतिलाई व्यापार बनाए, जनतालाई अन्याय हुने बताए।

कार्यक्रममा सम्बोधन गर्दै पार्टीको जिल्ला उपाध्यक्ष प्रभारी सतिशचन्द्र राईले भने, “पवन चामलिङको सरकारमा सिक्किममा साम्प्रदायिक सद्भावना थिएन। यसले गर्दा धर्मनिर्पेक्षतामा आँच आएको थियो। युवाहरूको भविष्य निर्माण हेतु कुनै प्रकारको नीति थिएन। युवाहरूलाई दिग्भ्रमित बनाएर शोषण गरेको थियो। तर एसकेएम सरकार आएपछि सबै ठिक भएर गएको छ। त्यसैले एसकेएम पार्टी गठन गर्न सहयोग पुर्याउनेहरूलाई म सलाम गर्छु।”

सभामा पार्टीका नयाँ सदस्य एवं पूर्व विधायक सोनाम ग्याछो भोटिया, पोकलोक-कामराङका एसआरपीका पूर्व उम्मेदवार यदुकुमार राई, पूर्व जिल्ला पञ्चायत उपाध्यक्ष हिमाल तामाङ, पूर्व विधायक मदन सिञ्चुरा आदिले पनि सम्बोधन गरेका थिए।

यस अवसरमा जिल्ला पञ्चायत अध्यक्ष छिरिङ डेम भोटिया, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव अञ्जिता राजालिम, भवन एवं आवास विभागका अध्यक्ष टाँसी दोर्जी तामाङ, कृषक कल्याण बोडका अध्यक्ष फुर्देन लेप्चा, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, उपाध्यक्ष सवित्री तामाङ, विभिन्न समष्टिका सीएलसी अध्यक्षगण, विभिन्न स्तरका पार्टी कार्यकर्तागण आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement