अविरल वर्षाका कारण पहाडदेखि तराईसम्म जनजीवन प्रभावित

Screenshot_20240927_124518_WhatsApp

सिलगढी: तीन दिनदेखि लगातार परेको पानीका कारण पहाडदेखि तराईसम्मको जनजीवन प्रभावित भएको छ। पहाडी क्षेत्रका धेरै भागमा क्षति पुगेको छ। पहाडदेखि तराईसम्मका विभिन्न नदीमा पानीको बहाव सुरु भएको छ। टिस्टा, महानन्द, तोर्सा, जलढाकालगायतका विभिन्न नदीमा पानीको बहाव बढेको छ। यसैबीच, मौसम विभागले आज पूरै उत्तर बंगालमा भारी वर्षाको चेतावनी जारी गरेको छ। शुक्रबार बिहानैदेखि पहाडी र तराईमा हल्का वर्षा भइरहेको छ। दार्जीलिङमा बिहानैदेखि पर्यटकहरू छाता बोकेर हिँडेको देखियो। कालेबुङमा थप चेतावनी जारी गरिएको छ भने टिस्टा नदी छेउछाउका क्षेत्रक लागि पनि चेतावनी जारी गरिएको छ।

About Author

Advertisement