सुनसरी प्रशासनले कालोबजारी रोक्न विशेष अप्रेसन चलाउदैचाडपर्व लक्षित विशेष शान्ती सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन

IMG-20240927-WA0089

भद्रपुर: जिल्ला प्रशासन कार्यालय सुनसरीले दशैसहितका ठुला चाडपर्व नजिकिए सँगै बजारमा हु्ने कालाबजारी नियन्त्रण गर्न मताहातका कार्यालयमा निर्देशन जारी गरेको छ।
प्रशासन कार्यालले चाडपर्वको बेला उपभोक्ता ठगिन सक्ने र बजारमा कालोबजारी मौलाउने सम्भावना रहने हुँदा उपभोक्ता हीतमा रहि अनुगमन संयन्त्रलाई मजबुत बनाउन निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले चाडबाडका समयमा हुन सक्ने सम्भावित चलखेल प्रति सजक रहन मातहत कार्यालयलाई निर्देशन दिएका हुन्।
प्रजिअ तिवारीले उपभोक्ता हीत र समग्र शान्ति सुरक्षालाई ध्यानमा राखी कार्य योजना बनाई अघि बढ्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए।
बैठकमा विशेषगरी उपभोक्ता ठगी, कालोबजारी, शान्ति सुरक्षा, राजमार्ग सुरक्षा, खाद्य गुणस्तर र दैनिक उपभोग्य सरसामानको किनमेल जस्ता विषयमा छलफल भएको छ।
बैठकले प्रभावकारी अनुगमनकालागि जनशक्ति परिचालन गर्ने र नियम विपरित गर्नेको हकमा पक्राउ गरी कार्वाहीको दायरमा ल्याउने समेत निर्णय गरेको छ।
बैठकमा बोल्दै प्रजिअ तिवारीले भने, दशैं तिहारलाई सभ्य र मर्यादित तवरले मनाउने वातावरण मिलाउन सबैको साथ अपरिहार्य छ। सबै मिलेर गलत कार्यलाई निरुत्साहित गरौं।
बैठकले ट्राफिक ब्यवस्थापन चुस्त बनाउने,चेकिङ बढाउने,भीडभाड हुने स्थान तथा बजार क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाउने, बैंक तथा वित्तिय संस्थाहरुमा निगरानी बढाउनुका साथै बजार अनुगमनलाई तिव्रता दिने निर्णय गरेको छ। उक्त बैठकले चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न विशेष सुरक्षाकर्मी टोली खटाउने जस्ता निर्णय समेत गरेको छ।
यसैगरी बैठकले कालोबजारी रोक्न विशेष अप्रेशन चलाउने जनाएको छ। प्रशासनले जनाए अनुसार निर्णय कार्यान्वयका लागि विशेष टोली परिचालन गरिने छ। टोलीले मूल्य सूची अनिवार्य गर्ने, म्याद नाघेका सरसामान बेचे नबेचको निक्र्योल गर्ने, बढी मूल्य लिई उपभोक्ता ठग्ने, परिमाण र तौलमा हुने ठगीका साथै खाद्य स्वस्च्छा जस्ता विषयमा विशेष निगरानी सहितको अनुगमन गर्ने जनाइएको छ।
सुनसरी प्रशासनले गलत कार्यमा संलग्नहरु विगतमा पक्राउ नगरी छाडिदा विकृत थप मौलाउन पुगेकाले नतिजा दिलाउने गरी एक्सनमा उत्रिन मातहत कार्यालयको हकमा निर्देशन दिइएको जनाएको छ। उसले स्थानीय तहको हकमा सम्वन्धित पालिकाले सुरक्षा निकायसँगको समन्वयमा बजार अनुगमन जस्ता कार्यलाई अघि बढाउन अनुरोध समेत गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement