सशस्त्र प्रहरी र भारतिय एसएसबी बिच भलिवल खेल

IMG-20240927-WA0091

भद्रपुर: सुनसरीको दशगजामा सम्पन्न दुई देशीय सुरक्षाकर्मी बिचको मैत्रीपुर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बिजयी भएको छ।
भारतीय सीमा सुरक्षाबल एसएसबी ५६ बटालियन र सशस्त्र प्रहरी बल नेपाल बिचको खेल नम्बर ४ गण हेड क्वाटरको टोलीले जितेको छ।
सशस्त्र प्रहरी टोलीले एसएसबी टोलीलाई २-० को सोझो सेटमा पराजित गरेको हो।
दुई देशीय सीमा सुरक्षाकर्मी बिचको नियमित समन्वय र सहकार्य सहितको सम्बन्धलाई मजबुत बनाई भाइचारा कायम राख्न खेलको आयोजना गरिएको नम्बर ४ गण प्रमुख एसपी समेनन्द बज्राचार्यले बताए।
उक्त प्रतियोगितामा सुनसरीका प्रजिअ रामचन्द्र तिवारी सहित दुवै देशका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement