नयाँ दिल्ली: अष्ट्रेलियाई क्रिकेट टीमकी पूर्व कप्तान लीजा स्ठालेकरले भारतले आउँदो आईसीसी महिला टी२० वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाउन सक्ने सम्भावना व्यक्त गरेकी छन्। यसको निम्ति ओपनिंग ब्याटर र बलरहरूले आफ्नो क्षमता अनुरुप प्रदर्शन गर्नु पर्ने पनि उनले स्पष्ट गरिन्। भारतीय मूलकी यस अष्ट्रेलियाई खेलाड़ीले भनिन्, अष्ट्रेलियाई टीम निश्चित रूपले सेमिफाइनलमा पुग्नेछ अनि लगातार चौथोपल्ट खिताब जित्न सक्छ। ईंग्ल्याण्डको पनि टीम राम्रो छ। यसबाहेक मलाई भारत पनि सेमिफाइनलमा पुग्ने आशा छ। भारतसँग ब्याटिंगमा गहिराई र असल बलिंग आक्रमण छ। टीमका चौथोदेखि सातौं नम्बरसम्मका ब्याटरहरूले असल स्ट्राईक रेटको साथ रन बनाए टीमको स्थिति मजबूत हुनेछ। उनीहरूलाई ओपनिंग जोड़ीबाट असल शुरुवातको आवश्यकता पर्नेछ। साल २००९-मा टी२० वर्ल्ड कपको शुरुवातपछि भारत केवल एकपल्ट (२०२०) फाइनलमा पुगेको छ। त्यस समय भारतले अष्ट्रेलियाविरुद्ध फाइनलमा हारको सामना गर्नु परेको थियो। टुर्नामेण्टको नवौं संस्करण तीन अक्टोबरदेखि यूएई-मा शुरु हुनेछ। लीजाले भनिन्, हरमनप्रीत कौरकी कप्तानीमा रहने टीम ट्रफी जित्न सक्षम छ कारण टी२० क्रिकेटमा एउटा असल स्पेलले म्याचको समीकरण बलिन्छ। यसैकारण भारतले अन्य टीमहरू समक्ष कड़ा चुनौती पेश गर्ने कुरामा कुनै सन्देह छैन।