सीएपी सिक्किमकाे छह जिल्लामा पार्टी अध्यक्षहरूको नियुक्ति

sentinelassam-english_2024-03_5240f6c7-2e2d-4de2-b461-31c59ed40e3c_images___2024_03_28T124243_126

गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले राज्यको छह जिल्लाको निम्ति पार्टी अध्यक्षहरू नियुक्त गरेको छ। उक्त जानकारी सीएपीले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।
गेजिङ जिल्लाको निम्ति ओङ्गदी भोटियालाई अध्यक्ष नियुक्त गरिएको छ भने डीबी गुरुङ नाम्ची जिल्ला अध्यक्ष नियुक्त गरिएको छ।
यसरी नै जर्बु छिरिङ लेप्चालाई मंगन जिल्ला अध्यक्ष, गजेन्द्र राईलाई पाकिम जिल्ला अध्यक्ष, विनोद भारतीलाई सोरेङ जिल्ला अध्यक्ष र ललित गुरुङलाई गान्तोक जिल्ला अध्यक्ष नियुक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement