राज्यपालसँग एसएफए टोलीको शिष्टाचार भेट

IMG-20240926-WA0333

गान्तोक: सिक्किम फूटबल एसोसिएशनका अध्यक्ष मेन्ला इथेन्पाको नेतृत्वमा गएको टोलीले आज राज्यका राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टाचार भेट गरे। भेटको क्रममा एसएफएका टोलीले राज्यपालाई सर्वप्रथम शुभकामना व्यक्त गर्दै सिक्किम राज्यमा फुटबल खेल सम्बन्धी प्रत्येक वर्ष आयोजना गरिने मेगा इभेन्ट अल इण्डिया गवर्नर फुटवल प्रतियोगिता लगायत अन्य गतिविधिबारेमा जानकारी गराए। यसबाहेक टोलीले राज्यपालसँग अनुमति लिँदै विस्तृतरूपमा अवगत गराए। राज्यपालले एसएफएका प्रतिनिधिहरूको कुरा सुनेपछि शुभकामना व्यक्त गर्दै राजभवनको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement