नाम्ची: नाम्ची जिल्लामा प्रति महिना आयोजना गरिने नार्कोको समन्वय सभा आज नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता वरिष्ठ पुलिस अधिक्षक डा. टीएन ग्याछोले गरेका थिए भने उक्त अवसरमा सीएमओ नाम्ची डा. एसएन अधिकारी, महकुमा अधिकारी (कार्यालय) निम पिन्छो भोटिया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ पुलिस अधिक्षक डा. टीएन ग्याछोले जिल्लामा लागुऔषध ओसारपसार र दुर्व्यसन विरुद्धको उपाय बारेमा जोड दिँदै लागुऔषध दुर्व्यसनको खतरा, सरोकारका क्षेत्र र लागुऔषध ओसारपसारको केन्द्रविन्दु लगायतका विभिन्न बिषयमा छलफल गरियो।नामचीले एनसीओआरडी पहलहरूमा हालैका घटनाक्रमहरूको बारेमा पनि जानकारी गराए। लागुऔषध ओसारपसार नियन्त्रणका लागि यो महिना लागुऔषध धन्दामा संलग्न २ जना आरोपीलाई पक्राउ परेको जानकारी दिए।
सो अवसरमा सबै लाइन विभागका अधिकारीहरुले लागुऔषध दुव्र्यसनको वर्तमान अवस्थाको बारेमा आ–आफ्नो मूल्याङ्कन गर्नका साथै जिल्लामा लागुऔषध दुव्र्यसन र यसको सेवन नियन्त्रण गर्न अपनाउनुपर्ने सुझाव र उपायहरु विचार आदन प्रदान गरियो। यस विषयलाई लिएर नाम्ची जिल्लाले आगामी ९ अक्टोबरको दिन नशामुक्त भारत अभियान अन्तर्गत ३४ वटा विद्यालयका प्रधानाध्यापकहरूलाई लिएर सचेनता कार्यक्रम आयोजना गरिने जानकारी गराइयो।