सिक्किमका विद्यार्थीहरूको राष्ट्रपतिसँग भेटघाट

IMG-20240926-WA0331

गान्तोक: भारतीय सेनाको सहयोगमा सिक्किम स्काउट्स प्रथम बटालियनद्वारा प्रायोजित प्रतिष्ठित राष्ट्रिय एकता कार्यक्रमको एक अङ्गको रूपमा, पीएमश्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय सोरेङका दुई एस्कर्ट शिक्षकहरूका साथ चयन गरिएका विद्यार्थीहरूको समूहले विभिन्न राज्य जस्तै दिल्ली, पञ्जाब, लखनऊ र चण्डीगढ सहित देशका प्रमुख स्थानहरूको भ्रमण गरेका छन्। १३ दिवसीय भ्रमणको क्रममा हिजो विद्यार्थीहरूले राष्ट्रपतिलाई भेट्ने अवसर पाए। विद्यार्थीहरूलाई राष्ट्रपति भवनमा भव्य स्वागत गरिएको थियो। राष्ट्रपतिले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै राष्ट्रिय सद्भाव र एकतालाई प्रवर्द्धन गर्न प्रोत्साहित गरिन्।

विद्यार्थीहरूको टोलीले भारतका राष्ट्रपतिलाई विशेष स्मृति चिन्ह प्रदान गऱ्यो। भारतीय सेनाद्वारा राष्ट्रिय एकता कार्यक्रम अन्तर्गत आयोजना गरिएको यो एक उल्लेखनीय पहल हो, जसले भारतका युवाहरूलाई क्षेत्रीय, सांस्कृतिक र जातीय भिन्नताहरू पार गर्ने दिशामा मार्ग निर्देश गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement