गान्तोक: गान्तोक शहरी झोपडी परियोजनाको महिना एवं बाल विकास विभागको संयुक्त पहलमा आज स्यारी निर्वाचन क्षेत्र अन्तर्गत पब्युक वरिष्ठ माध्यमिक विद्यालयमा एनिमिया रोगको जाँच शिविर सम्पन्न भयो। यस अवसरमा विशेष गरेर 14-18 वर्षसम्मका नानीहरूको एनिमिया जाँच गरियो। उक्त कार्यक्रममा वार्ड पञ्चायत सदस्य, ग्राम पञ्चायतका सदस्य, विद्यालयका प्रधानाचार्य लगातय सातौंदेखि बाह्रौ श्रेणीसम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा आइसीडीएसकी सुपर भाइजर सुनिता तामाङले यस कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्यबारे विस्तृतरूपमा जानकारी गराइन्। सोही प्रकारले उपनिर्देशक एवम सीडीपीओ गान्तोकले विद्यार्थीहरूलाई नियमितरूपमा खाद्य ग्रहण गर्नुपर्ने,व्यवहारमा परिवर्तन र जङक फुडबाट सदैव टाडा बस्नुपर्ने आग्रह गरे। यसै क्रममा आँगनवाडी कार्यकर्ताहरूद्वारा तयार गरिएको पोषण रङ्गोली,कोदोद्वारा निर्मित खाद्य र जैविक साग सब्जीको प्रदर्शन गरिएको थियो। उक्त विद्यालयका प्रधानाध्यापक केबी लिम्बूले यस प्रकारको कार्यक्रम विद्यार्थीहरूको निम्ति अति नै लाभदायक रहेको बताउँदै आयोजक समितिप्रति कृतज्ञता प्रकट गरे।