पाकिम: पाकिम जिल्ला प्रशासनद्वारा नशामुक्त भारत अभियानअन्तर्गत तीन दिवसीय फुड स्टल प्रतियोगिता शुरु गरेको छ। यसको उद्घाटन आज पाक्योङको पाचे सिनियर सेकेण्डरी स्कुल परिसरमा गरियो। आत्मनिर्भर सिक्किम नाम दिएर आयोजन गरेको प्रदर्शनीमा उद्यमशीलता विकास गर्ने प्रमुख लक्ष्य राखिएको छ। विशेष युवाहरूमा लागु पदार्थ दुर्व्यसनबाट टाड़ा राख्ने पहल गरिएको छ। २८ सेप्टेम्बरसम्मसम्म चल्ने यस प्रतियोगितामा पाक्योङ जिल्लाका १२ वटा उच्च माध्यमिक विद्यालयहरूले भाग लिएका छन्। प्रत्येक टोलीमा १० विद्यार्थी छन् भने प्रत्येक विद्यार्थीले आफ्नो फूड स्टल सञ्चालन गर्न लगानी गरिरहेका छन्। यसरी आफ्नो लगानीबाट स्टल सञ्चालन गर्न गर्नेछ र तीन दिनमा कमाएको सर्वाधिक नाफा कमाउने टोलीलाई जिल्ला प्रशासनले विजेता घोषित गर्ने भएको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै फूड स्टलहरू सञ्चालन गर्ने र क्षमता विकास गर्ने अवसर दिएको छ। जसले गर्दा सानैदेखि उद्यमशीलता र वित्तीय व्यवस्थापन विकास गर्न सक्ने आशा गरिएको छ। जिल्लापाल रोहन अगवानेले कार्यक्रमको उद्घाटन गरेका थिए। आफ्नो सम्बोधनमा, उनले युवा विद्यार्थीहरूलाई उद्यमशीलतामा संलग्न हुन प्रोत्साहित गरे। उनले विद्यार्थीहरूलाई नकारात्मक प्रभावहरूको प्रतिरोध गर्न र क्षमता बनाउने जिम्मेवारी र टोली सञ्चासन कार्य तथा आवश्यक जीवन कौशलहरु बारे जानकारी लिनुर्ने आह्वान गरे। अगवानेले यस प्रतियोगितालाई नशामुक्त भारतसँग जोड़नुको औचित्यबारे जानकारी गराए। यस प्रतियोगिताले युवा शक्तिलाई प्रगतिको मार्गमा प्रेरित गर्ने उल्लेख सम्बोधनमा गरे। अगावनेले प्रतियोगितामा विद्यार्थीहरूले स्टलहरू स्थापना र व्यवस्थापन गर्न आफ्नै कोष प्रयोग गर्ने अनि व्यापार अनुभव प्राप्त गर्न सक्षम हुने बताए। कार्यक्रममा शिक्षा विभागका सहनिर्देशक नारायण मिश्रा पनि सम्बोधन गरे।