सिलगढी: प्रधाननगर पुलिस थानाले एक दम्पतीले टोटोमा भुलेर छाडिराखेको लाखौं रुपियाँको गहना भरिएको झोला बरामद गरी उनीहरुलाई बुझाएको छ। प्राप्त जानकारीका अनुसार सिलगढीको पवित्र नगर निवासी जयस्वाल दम्पती आइतबार चम्पासरीको गहना पसलमा गएका थिए। तर, केही कारणवश दम्पतीले गहना परिवर्तन गरेनन् र टोटो लिएर घरतिर लागे। घर जाने क्रममा दम्पतीको गहनाले भरिएको झोला टोटोमा खसेको थियो। घर पुग्दा गहनासहितको झोला नदेखेपछि दम्पतीले तत्काल प्रधाननगर पुलिस थानामा गएर उजुरी गरे। उजुरीका आधारमा प्रधाननगर पुलिस थानाले चम्पासरी क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेराबारे अनुसन्धान थालेको थियो।त्यसपछि सीसीटीभी मार्फत टोटो चालकसम्म पुग्यो र गहना भएको झोला बरामद भयो। त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी आज दम्पतीको परिवारलाई झोला हस्तान्तरण गरिएको छ। झोलामा सबै गरगहना अक्षुण्ण थिए। जैसवाल परिवारले गहना पाएपछि पुलिसप्रति आभार व्यक्त गरेका छन्।