करणको ह्याट्रिकले एनएचपीसी रम्बी सेमिफाइनलमा

photocollage_202492622459310

रोङचोङ: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोङचोङको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा बिहीवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोङचोङ पब्लिक ग्राउण्डमा आज भएको म्याचमा एनएचपीसी रम्बीले सुन्तले फूटबल क्लबविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीम करण राईले ह्याट्रिक गरे। उनले म्याचको २८औं, ३३औं र ५२औं मिनटमा गोल गरे। यसरी अन्य एउटा गोल जाजाले नवौं मिनटमा गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement