झापामा पिकअपको ठक्करबाट स्कुटी चालक ठहरै

IMG-20240926-WA0317

भद्रपुर: झापामा पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक शिवसताक्षी नगरपालिका–९ निवासी ४० वर्षीया जानुका अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिहान ७ः१५ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी– ११ दुधेमा झिलझिलेबाट माईधारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो। दुर्घटनामा परी स्कुटर चालक अधिकारी गम्भीर घाइते भएकी थिइन्। उनको टाउकोमा चोट लागेर उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उपचारको क्रममा गुरुबार साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने पिकअप र पिकअप चालक इलाम नगरपालिका–१ निवासी ३१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement