दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य सचिवको कार्यालयबाट सम्प्रेषित अर्डरमा भनिएको छ कि रोहिणी रोग सार्वजनिक सडक हो। यस क्षेत्रमा जथाभावी सवारीसाधन धुँदा विभिन्न ठाउँमा क्षति पुगेको जानकारी आएको छ। त्यसर्थ, अबदेखि रोहिणी रोड र यस वरपरका क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधन धुन पूर्ण निषेध गरिएको छ। यस निर्देशनको उल्लंघन गरेमा कानून बमोजिम कडा कार्बाही गरिनेछ। यो आदेश सार्वजनिक हितमा जारी गरिएको हो र तुरुन्त लागू हुनेछ भनी बताइएको छ।