कोशी ब्यारेजमा बस खस्यो

IMG-20240926-WA0303

भद्रपुर: काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ। विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेकाे बस आज गुरुबार साँझ काेशी ब्यारेजकाे पुलबाट नदीमा खसेकाे हाे।
नरसिंह ट्राभल्सको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३६ नम्बर ढोका अगाडिबाट सप्तकोशीमा खसेको हो। बसमा कति यात्रु थिए भन्ने पुष्टि भएको छैन।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली उद्धारमा खटिएकाे जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement