जलपाईगढी: पश्चिम बंगाल आदिवासी र लोक शिल्पी संघका सदस्यहरूले कलाकारहरूलाई भत्ताको माग गर्दै जिल्ला सूचना र संस्कृति प्राधिकरणको कार्यालय घेराओ गरेर विरोध गरे। लामो समयदेखि निवेदन पर्दा पनि आदिवासी तथा अन्य समुदायका लोक कलाकार सरकारी भत्ताबाट वञ्चित रहेको संस्थाको आरोप छ। यही मागलाई लिएर बिहीबार दिउँसो संगठनका सदस्यहरूले जलपाईगढी जिल्ला सूचना तथा संस्कृति अधिकारीको कार्यालय घेरा हालेर प्रदर्शन गरे। सरकारी भत्ताबाट वञ्चित वास्तविक कलाकारको निवेदन तत्काल स्वीकृत हुनुपर्ने उनको दाबी छ। साथै मासिक एक हजार रुपियाँ भत्ता पाउने कलाकारका लागि यो भत्ता कम्तीमा दुई हजार रुपियाँ हुनुपर्छ। उपरोक्त मागसहित कुल ११ बुँदे मागका सम्बन्धमा यस संगठनले पदाधिकारीलाई मागपत्र दिएको संगठन स्रोतले जनाएको छ।