सिलगढी: बिहारबाट दुई युवा परीक्षा दिन सिलगढी आएका थिए। एक संस्थाका एक पदाधिकारीले ती युवालाई दुर्व्यवहार गरेको आरोप लागेको छ। दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सिलगढी पुलिस स्टेशनले आरोपीलाई पक्राउ गरेको छ। यस सम्बन्धमा सिलगढी पुलिस स्टेशन र एसओजीका कर्मचारीहरूले बिहीबार रजत भट्टाचार्य नामक व्यक्तिलाई सिलगढीको एसएफ रोडबाट पक्राउ गरेको बताइएको छl बिहारका दुई युवा केन्द्रीय अर्धसैनिक बलको नोकरीको परीक्षा दिन सिलगढी आएका थिए। यस विषयमा उनीहरूलाई दुर्व्यवहार गरिएको आरोप छ। घटनाको भिडियो बाहिरिएसँगै विवाद शुरु भएको छ। त्यसपछि पुलिसले छानबिन गरेर उक्त व्यक्तिलाई पक्राउ गरे।