ड्रग्स सहित चालक पक्राउ

Hand-Cuff-3

गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले केही महिनादेखि ड्रग्स सफाई अभियानमा जुटेको छ। यसै क्रममा हिजो रानीपुल पुलिसले ड्रग्ससहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी सिङतामस्थित चिसोपानी निवासी रहेको थाह लागेको छ। हाल उनी रानीपुलस्थित ढकालगाउँमा बस्दै आइरहेका थिए। पुलिस सुत्रले जानकारी गराए अनुसार आरोपी पेशाले चालक हुन्। उनी सिलगढीदेखि रानीपुल आइरहेको समयमा मार्चकमा वाहन रोकेर जाँच गर्दा १० वटा कफ सिरप र २८७ वटा निलो रङको क्यापसुल फेला पारेको छ। पुलिसले आरोपीविरूद्ध रानीपुल थानामा सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) २००६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement