राष्ट्रपतिले गरिन् सियाचिन आधार शिविरको भ्रमण, सैनिकहरूसँग कुराकानी गरिन्

SK5_1983649L

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले आज (२६ सेप्टेम्बर) सियाचेन आधार शिविरको गरिन्, र सियाचेन युद्ध स्मारकमा उनले श्रद्धाञ्जली अर्पण गरिन्। यो युद्ध स्मारकले १३ अप्रेल १९८४ मा भारतीय सेनाले सियाचिन ग्लेशियरमा अपरेशन मेघदूत शुरू गरेदेखि शहीद भएका सैनिक र अधिकारीहरूको बलिदानको प्रतीक हो।

राष्ट्रपतिले त्यहाँ तैनाथ सैनिकहरूलाई सम्बोधन गरिन्। सैनिकलाई सम्बोधन गर्दै राष्ट्रपतिले सशस्त्र बलको सर्वोच्च कमाण्डर भएकाले आफूलाई धेरै गर्व लागेको बताउँदै उनीहरुको वीरता र भावनालाई देशका सबै नागरिकले सलाम गरेको बताइन्।

राष्ट्रपतिले सन् १९८४ अप्रेलमा संचालन भएको अपरेशन मेघदूतदेखि भारतीय सशस्त्र बलका बहादुर सैनिक र अधिकृतले यस क्षेत्रको सुरक्षा सुनिश्चित गरेको बताइन्। यहाँ तैनाथ अफिसर र सिपाहीहरूले प्रतिकूल मौसमको सामना गर्छन्।

भारी हिमपात र माइनस ५० डिग्रीभन्दा कम तापक्रम जस्ता कठिन परिस्थितिमा पनि उनीहरू पूर्ण समर्पण र सतर्कताका साथ आफ्नो मोर्चामा अडिग छन्। यहाँ तैनाथ सैनिक तथा अधिकारीहरूले मातृभूमिको रक्षाका लागि त्याग र सहिष्णुताको असाधारण उदाहरण प्रस्तुत गरेका छन्। उनले सैनिकहरुलाई उनीहरुको बलिदान र वीरताको बारेमा सबै देशवासी सचेत रहेको र उनीहरुको सम्मान गर्ने बताइन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement