टी२० प्रारूपबाट सन्न्यासको घोषणा गर्दै कानपुर टेस्ट अन्तिम टेस्ट म्याच हुन सक्ने घोषणा गरे शाकिबले

IMG-20240926-WA0261

कानपुर: बंग्लादेशका दिग्गज अलराउण्डर शाकिब अल हसनले बिहीवार टी२० इण्टरनेशनल क्रिकेटबाट तुरन्त प्रभावको साथ सन्न्यास लिएको घोषणा गरे। यसको साथमा उनले घरेलु बोर्ड (बंग्लादेश क्रिकेट बोर्ड)-ले उनको निम्ति स्वदेशमा विदाई म्याचको आयोजन नगरे भारतविरुद्ध यहाँ हुने दोस्रो टेस्ट म्याच उनको करियरको अन्तिम टेस्ट म्याच हुन सक्नेछ। यस ३७ वर्षीय खेलाड़ीले बंग्लादेशको निम्ति १२९ वटा टी२० इण्टरनेशनल म्याच खेलेर १३ वटा अर्द्धशतकको साथ २५५१ रन बनाएका छन्। यस प्रारूपमा उनको स्ट्राईक रेट १२१.१८-को रह्यो। टी२० इण्टरनेशनलमा उनले १४९ विकेट पनि लिएका छन्। उनले फ्रेञ्चाइजी टी२० लीगहरूमा खेल्न चाहिँ जारी राख्नेछन्। भारतविरुद्ध दोस्रो टेस्ट म्याचको अघिल्लो दिन शाकिबले भने, मैले टी२० वर्ल्ड कपमै आफ्नो अन्तिम टी२० इण्टरनेशनल म्याच खेलिसकेको छु। हामीले चयनकर्ताहरूसँग चर्चा गऱ्यौं। २०२६-मा हुने वर्ल्ड कपलाई ध्यानमा राखेर मेरो निम्ति सन्न्यास लिने यो सही समय हो। बंग्लादेश क्रिकेट बोर्ड केही असल खेलाड़ीहरू खोज्न सफल हुने अनि हाम्रो टीमले असल प्रदर्शन गर्ने आशा गरेको छु।
शाकिबले बंग्लादेशको तर्फबाट अहिलेसम्म ७० वटा टेस्ट म्याच खेलेर ४६०० रन बनाएका छन्। यसमा ५ वटा शतक र ३१ वटा अर्द्धशतक सामेल छ। यसबाहेक उनले टेस्टमा २४२ विकेट पनि लिएका छन्। शाकिबले भने, मैले आफ्नो क्रिकेट बोर्डसँग मीरपुरमा आफ्नो अन्तिम टेस्ट म्याच खेल्ने इच्छा व्यक्त गरेको छु। यस्तो नभए भारतविरुद्ध कानपुरमा हुने टेस्ट म्याच मेरो करियरको अन्तिम टेस्ट म्याच हुनेछ। उल्लेखनीय छ, शाकिबलाई बंग्लादेशमा राजनैतिक अशान्तिको अवधि हत्याको एउटा मामिलामा आरोपीको रूपमा नामित गरिएको थियो। राजनैतिक अशान्तिले गर्दा नै प्रधानमन्त्री शेख हसीनाले पदको साथमा देश छोड़्नु परेको थियो। शाकिब उनकै पार्टी अवामी लीगका सांसद थिए। बंग्लादेशको सबैभन्दा सफल क्रिकेटर मानिने शाकिबले २४७ वटा वनडे म्याचमा ७५७० रन बनाएका छन्। यसमा ९ वटा शतक र ५६ वटा अर्द्धशतक सामेल छ। वनडेमा उनले ३१७ विकेट लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement