भद्रपुर: विश्वकप क्रिकेट लिग २ को क्यानडा सिरिजमा ठोस प्रदर्शन गरेका नेपालका सन्दीप लामिछानेको आईसीसी वरीयतामा सुधार भएको छ। उनी आईसीसीको अलराउन्डर वरीयतामा ४३औँ स्थानमा आएका छन्। उनी २२ स्थानमा छलाङ लगाएर यो स्थानमा आइपुगेका हुन्।
सन्दीपलले क्यानडाविरुद्धको खेलमा ४९ रन बनाएका थिए। जसका कारण वरीतामा सुधार भएको हो।
लिगका पछिल्ला दुई खेलमा टिममा नरहेका दीपेन्द्रसिंह ऐरीले भने ६ स्थान गुमाएका छन्। उनी ४८औँ स्थानमा पुगेका छन्। यसरी वरीयता गुमाउनेमा कुशल मल्ल पनि रहेका छन्। उनी ७ स्थान गुमाएर ५१औँ स्थानमा पुगेका छन्। ५३औँ स्थानमा सोमपाल कामी भने यथावत छन्। करण केसी अलाउन्डरतर्फ ११ स्थानको छलाङ लगाएर ७६औँ स्थानमा आएका छन्। १३ स्थानको छलाङ लगाएका गुल्सन झा पहिलोपटक टस सयभित्र अटाउँदा उनी ९१औँ स्थानमा छन्। यस्तै ललितराजवंशी एक स्थानको सुधारसहित ९५औँ स्थानमा छन्।
बलिङतर्फ सन्दीप लामिछाने ४८औँ स्थानमा यथवात रहँदा ललित राजवंशी २ स्थान गुमाएर ५३औँ स्थानमा छन्। दीपेन्द्रसिंह ऐरी एक स्थान गुमाएर ६४औँ स्थानमा र करण केसी ४ स्थानको सुधार गरी ८७ औँ स्थानमा छन्। सोपाल कामी १३ स्थान पछाडि धकेलिएर ८८ औँ स्थानमा पुगेका छन्।
ब्याटिङतर्फ ओपनर आसिफ शेख ११ स्थान गुमाएर ७९ तथा अर्का ओपनर कुशल भुर्तेल ४ स्थान गुमाएर ८० औँ स्थानमा छन्। कप्तान रोहित पौडेल ८७ औँ स्थानमा यथावत छन्।