इन्स्पेक्टर शाहीलाई निलम्बन गर्ने तयारी

IMG-20240926-WA0264

भद्रपुर: आर्थिक अनियमितताको आरोप लागेकी भैसेपाटीकी इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ। ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमांडू भ्याली प्रहरी कार्यालयलाई सिफारिस गरेको हो।
जिल्ला प्रहरी प्रमुख शेखर खनालले प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको केही आधार देखिएकाले शाहीलाई निलम्बन गर्न सिफारिस गरिएको बताए।
शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप छ। उनलाई जिम्मेवारीबाट हटाएर काठमांडू भ्याली प्रहरी कार्यालय तानिएको छ। जिल्ला प्रहरी कार्यालयले डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement