खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिद्वारा चियाबारी श्रमिकहरूको पूजा बोनस विषयमा गोजमुमो अध्यक्ष बिमल गुरुङले १६ प्रतिशत भनेको भन्दै विरोध जनाएका छन्। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले आज एक भिडियो जारी गर्दै यसपाली चियाबारी श्रमिकहरूको पूजा बोनस विषयमा मालिक पक्षसित तेस्रो चरणको वार्ता भईसकेको छ र मालिकवर्ग केवल १२ प्रतिशतसम्म मात्र आएको र डाईलग अहिले पनि ओपन रहेको बताएका छन्। उनले बोनसलाई लिएर डायलग ओपेन रहेको छ अनि हामी चियाबारी श्रमिकहरूको पूजा बोनस २० प्रतिशतको लागि निरन्तर लागि परेका छौं तर गोजमुमो अध्यक्ष बिमल गुरुङले मालिकवर्ग असक्षम छन् र यसपाली १६कि १६.५ प्रतिशतको दरले मात्र बोनस दिनेछ भनी पहिलेबाटै भनेर श्रमिकहरूको मनोबल तोड्ने कार्य गरेको आरोप लगाएका छन्। सागरले गुरूङले बिमल गुरुङले यसपाली श्रमिकहरूको बोनस केवल १६ प्रतिशत मात्र दिए भागोप्रमोले 3 प्रतिशत र १ प्रतिशत हाम्रो पार्टी र गोजमुमोले मिलेर दिने भन्ने जस्ता बयान दिएर पहिलेबाटै चियाबारी श्रमिकहरूको वास्ता नगरी मालिकवर्गको पक्षमा बयान दिएको बताएका छन्। उनले यो त बाँदरलाई लिस्नु लगाएको जस्तै भएको छ र यो हस्यास्पद बयान सुनेर लाज लागेको र हाँस पनि उठेको बताएका छन्। सागर गुरुङले बिमल गुरुङ बोनसलाई लिएर कुनै पनि वार्तामा बसेको छैन। हामी वार्तामा लगातार रूपमा बसिरहेका छौं बरू गोजमुमोको ट्रेड युनियन वार्तामा बसेको बताएका छन्। उनले बिमल गुरुङको बयानको श्रमिकहरूलाई दिग्भ्रमित पार्ने कार्य भईरहेको र हामीले सिर्जना गरेको शान्तीपूर्ण माहोल बोनसको कारणले अशान्ति नहोस् अनि यदि कुनै पनि प्रकारको अशान्ति भए बिमल गुरुङले दायित्व लिनुुपर्छ भनी बताएका छन्। भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले राज्यको श्रम मन्त्रीलाई पत्राचार गरिसकेको र उनी श्रमिकहरूको पक्षमा अभिभावकको रूपमा खड़ा रहेको बताएका छन्। सागर गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘हामी चियाबारी श्रमिकहरूको पूजा बोनस २० प्रतिशत नै होस् भनेर लगातार रूपमा कार्य गरिरहेका छौं तर वार्तामा भाग नलिईकन बिमल गुरुङले १६ प्रतिशत भनेर बकमफुस्रे कुरा गर्दै मालिकको पक्ष लिईरहेका छन्। भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले राज्यको श्रम मन्त्रीलाई पत्राचार गरेर समस्याको समाधान निकाल्न प्रयासरत् छन् अनि हामी पनि श्रमिकहरूको मांगलाई लिएर अघि बढ्ने कार्य गरिरहेका छौं। श्रमिकहरूको हक र अधिकारको लागि पहाड़को सबै ट्रेड युनियनहरू एकै मञ्चमा आएर कार्य गरिरहेका छौं।’