गान्तोक: सिक्किम शिक्षक संघले २१ अगस्त २०२२ आइतवारको दिन अध्यक्ष पदका लागि आम चुनाव सम्पन्न भएको थियो। एसटीएको इतिहासमा यो पहिलो पल्ट सिक्किमभरिका शिक्षकहरूले आफ्नो बहुमूल्य मत खसाएर लोकतान्त्रिक तरिकाले आफ्नो संघका अध्यक्षको पदमा कुञ्जाङ शेर्पा निर्वाचित भएका छन्। मतदान गरिसके पश्चात चुनाव समितिद्वारा रातिसम्म यस चुनावको परिणामको घोषण गरेका थिए भने सोरेङ जिल्लाको अन्तर्गत सरकारी प्राथमिक विद्यालय पिउरेटारका शिक्षक कुञ्जाङ शेर्पाले शिक्षक भीमप्रसाद खनालको विरुद्धमा अध्यक्ष पदमा भारी मतान्तरले विजयी भएका छन्।
केन्द्रीय कार्यसमितिमा अध्यक्ष र महासचिव सहित १८ जना सदस्य रहने छन् भने अन्य सबै सदस्यहरूलाई शपथ समारोह अघि नियुक्ति गरिने जानकारी दिएका छन्।