एसी मिलान ११ वर्षमा पहिलोपल्ट सेरि ए च्याम्पियन

IMG-20220523-WA0110.jpg

२३ मईः अनुभवी फरवर्ड ओलिवियर गिरोडको २ गोलको दममा एसी मिलानले सासुओलोलाई ३-०-ले पराजित गरी इटालियन सेरि ए फूटबलको खिताब जित्यो। यस जीतको साथै एसी मिलानले आफ्नो सबैभन्दा नजिकको प्रतिद्वन्द्वी इण्टर मिलानलाई २ पोइण्टले पछि छोड़ेर शीर्ष स्थान हासिल गऱ्यो। एसी मिलानको यो इटलीको शीर्ष घरेलु लीगमा १९औं अनि गत ११ वर्षमा पहिलो खिताब हो। आइतवार राति नै इण्टरले सेम्पडोरिया विरुद्ध ३-०-ले जीत हासिल गरे पनि सिमोने इञ्जाघीको टीमले चीरप्रतिद्वन्द्वी टीमलाई पछि छोड़्न सकेन। लीग च्याम्पियन बन्न जित्नै पर्ने म्याचमा एसी मिलानबाट फ्रान्सीसी फूटबलर गिरोडले १७औं र ३२औं मिनटमा २ गोल गरे जबकि फ्रेंक केसीले ३६औं मिनटमा एक गोल गरे। यस जीतपछि च्याम्पियन एसी मिलानको ३८ वटा म्याचमा ८६ पोइण्ट पुग्यो। यसरी नै केवल दुई पोइण्ट कम्ती लिएर दोस्रो स्थान हासिल गर्ने गत विजेता इण्टर मिलानले चाहिँ आफ्नो अन्तिम म्याचमा सजिलै जीत हासिल गऱ्यो। सेम्पडोरिया विरुद्ध म्याचमा इण्टरबाट जोआक्विन कोरेआले ५५औं र ५७औं मिनटमा २ गोल गरे। यसबाहेक एक गोल इभान पेरिसिचले ४९औं मिनटमा छिराए।

यसबीच नापोलीले आफ्नो अन्तिम म्याचमा स्पेजिया विरुद्ध ३-०-ले जीतको साथ तेस्रो स्थानमा रहेर घरेलु सीजनको समापन गऱ्यो। नापोलीले ७९ पोइण्ट हासिल गऱ्यो। नापोलीबाट म्याचमा मातेओ पोलिटानो, पिओट्र जेलिन्स्की र डिएगो डेम्मेले गोल गरे। सीजनको शुरुदेखि नै उतार-चड़ाउसँग संघर्ष गर्ने युभेण्टस चाहिँ अन्तिम म्याचमा फियोरेण्टिना विरुद्ध २-०-ले हारको सम्मुखीन भयो। म्याच हारे पनि युभेण्टसले ७० पोइण्टको साथ चौथो स्थानमा रहेर आउँदो सीजनमा च्याम्पियन्स लीग खेल्ने अधिकार चाहिँ हासिल गऱ्यो। फियोरेण्टिना ६२ पोइण्टको साथ सातौं स्थानमा रह्यो। यसरी नै रोमाले तोरिनो विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो भने लाजियो र भेरोनाबीच खेलिएको म्याच चाहिँ ३-३-ले ड्र रह्यो। लाजियो ६४ पोइण्टको साथ पाँचौं स्थानमा रह्यो भने छैटौं स्थानमा रहने रोमाको ६३ पोइण्ट पुग्यो। सेरि ए-को यस सीजनको अन्तिम चरणका अन्य म्याचहरूमा एम्पोलीले अटलाण्टालाई १-०-ले, बोलोग्नाले जेनोआलाई १-०-ले अनि उडिनिसले सालेरनिटानालाई ४-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement