मुम्बई: मुम्बईमा भर्खरको भारी वर्षा पछि यातायात बिहीबार बिस्तारै सामान्यमा फर्कियो। भारतीय मौसम विभाग (आईएमडी) ले यस दिन मुम्बई र आसपासका क्षेत्रहरूमा ‘रेड अलर्ट’ जारी गरेको थियो। बुधबार भारी वर्षाले मुम्बईको तल्लो क्षेत्रमा जलमग्न भएको छ, स्थानीय ट्रेनहरूको संचालनलाई असर गरेको छ र धेरै उडानहरू पुन: रुट भएको छ। अन्धेरी क्षेत्रमा नालामा डुबेर ४५ वर्षीया महिलाको मृत्यु भएको छ। सोही क्रममा पुलिसले वर्षाका कारण गर्भवती महिलालाई अस्पताल पु¥याउन मद्दत गरेको थियो। बिहीबार अधिकांश क्षेत्रमा वर्षा रोकिए पनि बादल कायमै रहेको छ। स्थानीय रेलहरू सामान्य रूपमा संचालन भइरहेका छन्, यद्यपि केही सेवाहरू अलि ढिलो भएका छन्। बीएमसीले भारी वर्षाका कारण भाण्डुपको सोनापुर क्षेत्र लगायत धेरै क्षेत्रमा सडक डुबानमा परेका सबै विद्यालय र कलेजमा बिदा दिएको छ।