केन्द्रीय मन्त्रीले गरिन् मंगन जिल्लाको विभिन्न स्थानको भ्रमण

IMG-20220822-WA0163.jpg

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएकी केन्द्रीय मन्त्री रेनु सिंहले हिजो मंगन जिल्लाको विभिन्न स्थानको निरीक्षण गरिन्। निरीक्षणको क्रममा राज्यका स्वास्थ्य विभाग मन्त्री डा. एमके शर्मा, मंगन जिल्लाका पुलिस अधिक्षगक, अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी लगायत अन्यहरू पनि सामेल रहेका थिए। केन्द्री मन्त्रीलाई राज्यका वन विभाग मन्त्री कर्मा लोडे भोटियाले स्वागत जनाएका थिए। यस अवसरमा केन्द्रीय मन्त्री सिंहले बाक्चाका पञ्चायत सदस्यहरूसँग अन्तक्रिया गर्दै केन्द्र सरकारको योजनाहरू कतिको कार्यान्वयन भएको छ भन्नेबारेमा जानकारी लिएकी थिइन्। सोही प्रकारले उनले लेप्चा समुदायको म्यूजियमको पनि भ्रमण गर्दै लेप्चा समुदायको वास्तविकताबारे बुझ्ने कोशिष गरिन्। यसरी नै उनले छवाङमा रहेको लेप्चा समुदायको जनजाति घरको पनि निरीक्षण गरेको जानकारी गराइको छ। यसै क्रममा उनले फुदोङ गुम्बाको भ्रमण गर्दै त्यहाँका पिपनहरूसँग अन्तक्रिया गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement