जलपाईगढी: राजस्थानको आबु रोडमा ब्रह्मा कुमारी केन्द्रद्वारा राष्ट्रिय मिडिया सम्मेलन २०२४ आयोजना गरिएको छ। यस सम्मेलनमा जलपाईगढीका केही पत्रकारहरूलाई पनि सहभागी हुन आमन्त्रित गरिएको छ। राष्ट्रिय मिडिया सम्मेलन २०२४ को आज राजस्थानको आबु रोडमा उद्घाटन गरिएको छ। उक्त सम्मेलनमा ब्रह्मा कुमारी केन्द्रका तर्फबाट बिके मञ्जु दिदीले वर्तमान समयमा मिडियाको भूमिकाबारे प्रकाश पार्दै ब्रह्माकुमारीको मुख्य उद्देश्य विश्वमा शान्ति फैलाउनु रहेको बताइन्। ब्रह्मा कुमारी मिडिया विंगले आयोजना गरेको यस सम्मेलनको मुख्य विषय भनेको स्वस्थ र सुखी समाजका लागि मिडियाको प्रयोग रहेको छ भूमिका छ।