भद्रपुर: राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेका अस्पतालहरूलाई आठ महिनादेखि बक्यौता रकम भुक्तानी गरेको छैन। लामो समयदेखि भुक्तानी नपाउँदा उपचार सेवा नै प्रभावित बनेको र बिरामीले दुःख पाएको राजधानीका ठुला अस्पतालहरूले जनाएका हुन्। गत जनबरीयता बिमाबापत कुनै पनि भुक्तानी नपाइएपछि दुई सातायता बिमा प्रक्रियाबाट आएका बिरामी भर्ना सेवा बन्द भएको शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ। खर्चै धान्न नसकेपछि बिमामार्फत उपचारमा आएका बिरामीलाई भर्ना गर्न नसकिएको उक्त अस्पतालले जनाएको छ।