ब्यबसायी भिम पौडेलले दिए प्रहरीलाई मोटरसाइकल

IMG-20240926-WA0084

भद्रपुर: उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष तथा ब्यबसायी भिम पौडेलले लेटाङ नगरपालिका वार्ड नं ७ स्थित वारङगीमा रहेको प्रहरी चौकीलाई १५० सिसिको पल्सर मोटरसाइकल प्रदान गरेका छन।
लेटाङ नगरपालिकामा आयोजित कार्यक्रममा, उपाध्यक्ष पौडेलले प्रहरीको सुरक्षा कार्यलाई थप सहज बनाउन मोटरसाइकल हस्तान्तरण गरिएको उल्लेख गरे। कार्यक्रममा नगरप्रमुख भुपेन्द्र कुमार लावतीले मोटरसाइकलको साँचो ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख राकेश रेग्मीलाई हस्तान्तरण गरेका छन्। यस सहयोगले वारङगी जस्ता विकट पहाडी क्षेत्रमा प्रहरीको गस्ती र सुरक्षा कार्यमा ठूलो योगदान पुर्याउने लावतीले विश्वास गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement