भद्रपुर: मुस्ताङका १०३ च्यांग्रा चोरेर चितवन ल्याई बिक्री गरेको आरोपमा कास्की प्रहरीले रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ का ५० वर्षीय मोहम्मद फकिरलाई पक्राउ गरेको छ। फकिरसहित तीन जनाले मुस्ताङबाट ल्याएका च्यांग्रालाई साहु सुतेको समयमा अर्को गाडीमा हालेर चितवन ल्याई बिक्रि गरेको आरोप छ।