एसकेएम नारी शक्तिको समन्वय सभा सम्पन्न

IMG-20220822-WA0164.jpg

गान्तोक: आज एकेएम पार्टी नारी शक्तिको जीपीयू स्तरीय समन्वय सभा गान्तोक समष्टिको एसकेएम पार्टी कार्यालयमा सम्पन्न भयो। राज्यस्तरीय नारी शक्ति अध्यक्ष कला राईको विशेष उपस्थितिमा सम्पन्न सभामा समष्टिका नारी शक्तिका सदस्यहरू उपस्थित थिए। ग्राम पञ्चायत स्तरमा पार्टीको समन्वय सुदृढ गर्नु सभाको मुख्य उद्देश्य रहेको थियो। उपस्थित नारी शक्तिका पदाधिकारीहरुले क्षेत्रका नरीहरुसँग विभिन्न विषयमा अन्तर्क्रिया गरे। क्षेत्रमा रहेका विभिन्न समस्याहरु बारे पनि सभामा चर्चा गरिएको थियो। आगामी दिनमा एसकेएम नारी शक्तिले राज्यका सबै ग्राम पञ्चायत स्तरमा समन्वय सभा आयोजना गर्ने कार्यक्रम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement