मुम्बई: भारतका पूर्व ब्याटर सञ्जय माञ्जरेकरको भनाइअनुसार, दलीप ट्रफीको निम्ति विराट कोहली र रोहित शर्मालाई चयन नगर्ने फसेला सटीक थिएन। भारतीय क्रिकेट टीमको यस स्टार जोड़ीले बंग्लादेशविरुद्ध पहिलो टेस्ट म्याच अघि रातो बलको साथ क्रिकेट खेलेको भए चेन्नईमा कुरा अलग हुन सक्ने थियो भनी उनले बताएका छन्। चेन्नईको एमए चिदाम्बरम स्टेडियममा खेलिएको पहिलो टेस्टमा भारतले बंग्लादेशलाई २८० रनले पराजित गरे पनि कोहलीले त्यस म्याचमा ६ र १७ रन मात्र बनाउन सके। यसरी रोहितले पनि ६ र ५ रनको स्कोर बनाए। माञ्जरेकरले भने, म यसबारे चिन्तित त छुइन तर रोहित र कोहलीले पहिलो टेस्ट अघि रातो बलको साथ म्याच खेलेको भए असल हुने थियो। उनीहरूलाई दलीप ट्रफीको निम्ति चयन गर्ने विकल्प थियो। यस्तो गरिएको भए यी दुईजनाले पहिलो टेस्ट अघि रातो बलको साथ अभ्यास गर्न सक्ने थिए। हामी केही खेलाड़ीहरूसँग अलग व्यवहार गर्ने नीतिबाट टाढ़ा रहनु पर्नेछ अनि भारतीय क्रिकेटको हितमा रहने फसेला गर्नु पर्छ। विराट र रोहित दलीप ट्रफीमा नखेल्दा भारतीय क्रिकेटको निम्ति राम्रो रहेन अनि यी दुईजनाले पनि परिणाम भोग्नु पऱ्यो। यी दुईजनाले घरेलु क्रिकेट खेलेको भए अनि क्रीजमा केही समय बिताएको भए कुरा अलग हुन सक्ने थियो।
माञ्जरेकरले भारतीय क्रिकेटमा केही खेलाड़ीहरूलाई उनीहरूका ख्यातिको आधारमा अलग वर्गमा राखिने नीतिको आलोचना गर्नको साथै रन बनाउनको निम्ति कोहली र रोहितको समर्थन पनि गरे। यस ५९ वर्षीय पूर्व क्रिकेटरले भने, भारतीय क्रिकेटको नीति हरेक खेलाड़ीको निम्ति एकनासे हुनु पर्छ। जे भए पनि रोहित र कोहलीसँग सीरीजमा पुनरागमन गर्ने क्लास र अनुभव छ। यी दुवैलाई फर्ममा आउन केवल एउटा असल ईनिंग्सको आवश्यकता पर्नेछ। यी दुईजनालाई अब २७ सेप्टेम्बरदेखि बंग्लादेशविरुद्ध कानपुरको ग्रीन पार्कमा शुरु हुने दोस्रो टेस्ट म्याचमा खेलिरहेको देखिनेछ। वर्तमान वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) चक्रमा रोहितले १८ वटा ईनिंग्समा ४१.८२-को औसतले ३ वटा शतक र ३ वटा अर्द्धशतकको साथ ७११ रन बनाएका छन्। यसरी कोहलीले ८ वटा ईनिंग्समा ४९-को औसतले ३९२ रन बनाएका छन्। यसमा एउटा शतक र दुईवटा अर्द्धशतक सामेल छ।