सिलगढी नेताजी गर्ल्स हाई स्कूलमा चोर पसेको घटनाले सनसनी

IMG-20240926-WA0172

सिलगढी: सिलगढीमा चोरीका घटनाहरु लगातार बढिरहेका छन्। चोरले अहिले विद्यालय पनि छोडेको छैन। यस्तै एउटा घटना सिलगढी नेताजी गर्ल्स हाई स्कूलमा बाहिर आएको छ। विद्यालयमा चोरीको घटना बाहिरिएपछि शहरमा सनसनी मच्चिएको छ। सिलगढी नगरनिगमको वार्ड नम्बर १९ सुभाषपल्लीमा रहेको नेताजी गर्ल्स हाई स्कूलको ढोका तोडेर चोरहरू प्रवेश गरे।

विद्यालयमा जम्मा ४८ वटा सीसीटीभी क्यामरा जडान गरिएको भएतापनि चोरहरु विद्यालयको ढोका तोडेर विद्यालयमा प्रवेश गरे। तर, उनले विद्यालयबाट केही चोर्न भने सकेन।  यो खबर बाहिर आएपछि शिक्षकसँगै ठूलो संख्यामा अभिभावकहरु पनि जम्मा भए। यो जानकारी पुलिसलाई दिइएको छ। पुलिसले सीसीटीभी हेरेर चोरको खोजी शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement