ईटहरीको यातायात कार्यालयमा प्रहरीको छापा, १७ जना बिचौलिया पक्राउ

IMG-20240926-WA0046

भद्रपुर: यातायात व्यवस्था कार्यालय इटहरीको कार्यालय परिसरमा प्रहरीले छापा मारेको छ। कार्यालय बाहिरबाट बिचौलियाले अत्यधिक दुख दिने गरेको गुनासो आए पछि सुनसरीका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले यातायात कार्यालयमा छापा मारेको हो।
सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्‍याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको गुनासोपछि प्रहरीले छापा मारी १७ जना बिचौलियालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा यातायात कार्यालय बाहिर फोटोकपी लगायतका पसल थापेर बस्ने बिचौलियाहरू रहेको इटहरी प्रहरीले जनाएको छ। पक्राउ १७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इटहरी प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement