नेपाल नभित्रिदै अबैध रुपमा आइफोनको बिक्री

IMG-20240926-WA0045

भद्रपुर: आधिकारिक रूपमा नेपाल नआउँदै नेपाली बजारमा अवैध रूपमा आईफोन १६ सिरिज बिक्री हुन थालेको छ। गत शुक्रबार भारतसहित विश्वका ५८ देशमा उपलब्ध आईफोन १६ नेपाली बजारमा अवैध तवरमा खरिद-बिक्री भइरहेको हो।
अनलाइन मार्केटप्लेस ‘हाम्रो बजार डटकम’ र टिकटकमा आईफोन १६ को खुलेआम प्रचार गरिएको छ। हाम्रो बजारमा ‘इलेक्ट्रोनिक्स स्टोर’ नाम भएको अकाउन्टबाट आईफोन १६ नेपालमा एक लाख ३२ हजार रुपैयाँमा उपलब्ध गराउने दाबी गरिएको छ। फोन खरिद गर्दा भ्याट बिल नपाइने र त्यसले केही फरक नपार्ने व्यापारीको दाबी छ। फोन शतप्रतिशत आधिकारिक भएको र सिलप्याक अवस्थामै खरिद गर्न सकिने उनीहरूको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement