भद्रपुर: केही दिनदेखि हराइरहेकी झापा कनकाई नगरपालिका-२ की विजिता भण्डारी (माइली) मृत अवस्थामा फेला परेकी छन्।
सुरुङ्गाको ह्याप्पी ल्यान्ड छेउको धानबारीमा उनको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।शवलाई पोस्टमार्टमको लागि भद्रपुर अस्पताल पठाइएको छ। के कारणले माइलीको मृत्यु भयो भन्ने बारे खुलेको छैन। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ। माइली सेप्टेम्बर १९देखि हराएकी थिइन। २१ वर्षीय माइली मानसिक र शारीरिक रुपमा कमजोर रहेकी थिइन्।