वित्तीय साक्षरता शिविर साथै सोएल हेल्थ कार्ड वितरण कार्यक्रम सम्पन्न

IMG-20240717-WA0003

गान्तोक: राज्यको कृषि विभाग र सिस्को ब्याङ्कको संयुक्त पहलमा आज च्याखुङ ग्राम पञ्चायत यूनिटमा वित्तीय साक्षरता शिविर साथै सोएल हेल्थ कार्ड वितरण कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रम महत्वकांक्षी खण्ड कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो।
यस अवसरमा पञ्चायत अध्यक्ष, पञ्चायत सदस्य, सिस्को ब्याङ्कका शाखा प्रबन्धक लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा कृषि विभागका अधिकारीहरूले माटोको स्वास्थ्यको महत्त्व र दिगो खेतीका लागि माटो परीक्षणका लाभबारे जानकारी गराए। अधिकारीहरूले प्रधानमन्त्री फसल बीमा योजनाबारेमा जानकारी गराए जसले किसानहरूलाई प्रतिकूल मौसम अवस्था वा अन्य अप्रत्याशित परिस्थितिहरूबाट हुने नोक्सानबाट जोगाउन बालीहरूको बीमा प्रदान गर्ने अवगत गराए। कार्यक्रममा लाभार्थीहरूलाई माटो स्वास्थ्य कार्ड वितरण गरियो, जसले किसानहरूलाई माटो व्यवस्थापनको बारेमा सूचित निर्णय गर्न सहयोग प्राप्त हुनेछ। सिस्को ब्याङ्कका प्रतिनिधिहरूले वित्तीय साक्षरता सम्बन्धी एक सत्र सञ्चालन गर्दै लाभार्थीहरूलाई विभिन्न योजनाहरू जस्तै अटल पेन्सन योजना र व्याङकद्वारा प्रदान गरिने सस्तो दरमा जीवन बीमा उत्पादनहरूबारे जानकारी गराए। शिविरको उद्देश्य किसानहरूलाई कृषि ज्ञान र वित्तीय औजारहरू दुवैको साथ सशक्त बनाउन, उनीहरूको जीविकोपार्जनमा सुधार गर्न समग्र दृष्टिकोण सुनिश्चित गर्नु रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement