पर्यटन व्यवसाय स्थिर बनाउन जिल्ला प्रशासनको पहल

IMG-20240925-WA0374

मंगन: मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आज राज्यपाल ओम प्रकाश माथुरको निर्देश बमोजिम लाचेन र लाचुङलाई पर्यटकहरूको निम्ति पुनः खोल्ने विषयमाथि एक बैठक सम्पन्न भयो। मंगन जिल्लाका जिल्लापाल अन्नत जैनको अध्यक्षतामा बसेको बैठकमा पुलिस अधिक्षक सोनम देट्छु भोटिया, अतिरिक्त जिल्लापाल पेमा वाङछेन नामकर्पा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकमा जिल्लापालले मंगन जिल्लाको पर्यटन पुन: खोल्ने सम्भावना र चुनौतीबारे छलफल गरे।
जिल्लापाल जैनले राज्यपालको हालैको तीन दिवसीय भ्रमणको क्रममा पिपन र जुम्साका सदस्यलगायत स्थानीय प्रतिनिधिहरूले गत वर्ष ग्लेशियर लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) र पहिरोका कारण पर्यटन क्षेत्र बन्द हुँदा आर्थिक नोक्सानीको बारेमा चिन्ता व्यक्त गरे। पर्यटनमा आश्रित समुदायमा पर्ने आर्थिक प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले यो बैठक आयोजना गरिएको हो।
जिल्लापालले जानकारी गराए अनुसार पर्यटकहरूले आफ्नो भ्रमणको एक दिन अघि, गान्तोकको तीन माइल चेक पोस्टमा, सवारी साधनहरूको प्रभावकारी व्यवस्थापन गर्न सहयोग गर्न, अनलाइन अग्रिम अनुमति प्राप्त गर्न सक्नेछन्। उनले कुनै पनि अप्रत्याशित समस्याहरू रोक्नका लागि राम्रोसँग मस्यौदा योजनाको आवश्यकतामा जोड दिए।
पुलिस अधिक्षक भोटियाले मंगनमा वाहनहरू चलाउन अनुमति दिइएको प्रस्ताव गर्दै फिदाङ, जङ्गु चेकपोष्टबाट अनुमतिपत्र जाँच गरिने जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement