जैव स्रोत अनि दिगो विकासबारे बहाई स्कूलका विद्यार्थीहरुले गरे अध्ययन

IMG-20240925-WA0369

गान्तोक: तादोङस्थित बहाई स्कूलका विद्यार्थीहरुले आज स्वच्छता ही सेवा अभियानबारे एक जागरुकता कार्यक्रममा भाग लिए। यो कार्यक्रम जैव स्रोत तथा दिगो विकास संस्थान क्षेत्रीय केन्द्रले आयोजन गरेको हो। कार्यक्रममा राष्ट्रव्यापी जन अभियानबारे जागरुक गराइएको थियो। कार्यक्रमले स्वच्छ र हरियाली पर्यावरण जोड दिँदै जैविक स्रोतबाट जैविक अर्थतन्त्रलाई बढावा दिनुपर्ने सन्देश पनि दिएको थियो। गान्तोकको उक्त केन्द्रका वैज्ञानिकहरूले बायोटेक्नोलोजीको माध्यमबाट अर्थतन्त्र, पर्यावरण र रोजगारीका सम्भावनाबारे जानकारी गराएका थिए। यसबीच जैविक प्रविधि नीतिबारे विस्त रुपमा जानकारी दिएका थिए। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले अनुसन्धान प्रयोगशालाहरूको भ्रमण पनि गरेका थिए। विशेष गरि क्षेत्रीय जैविक स्रोतअन्तर्गत जैव अर्थशास्त्रलाई विकास गर्ने लक्ष्य राखेर चलिरहेको परियोजनाहरूको बारेमा वैज्ञानिकहरू र विद्यार्थीहरुबीच अन्तरक्रिया पनि गरिएको थियो। प्रो. पुलक कुमार मुखर्जीको नेतृत्वमा केन्द्रले बायोटेक्नोलोजीअन्तर्गत रोजगारीको अवसरबारे बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement