दुई दिवसीय विधानसभा सत्र आरम्भ

IMG-20220822-WA0166.jpg

मुख्यमन्त्री तामाङद्वारा ३५९७२.२७ लाख रूपियॉंको प्रथम अनुपूरक अनुदान माग पेश गरे

गान्तोक: दशौं सिक्किम विधानसभाको छैटौं सत्रको दोस्रो भागअन्तर्गत दुई दिवसीय विशेष अधिवेशनको आज पहिलो दिनको सदनमा वर्ष २०२२-२३को निम्ति पहिलो अनुपुरक अनुदान माग सहित कूल १२ वटा विधेयक बहसको निम्ति सदनमा पेश गरियो जसमा ३ वटा नयाँ अनि रहल संशोधन विधेयक रहेको छ। नयाँ विधेयकहरूमा सिक्किम पब्लिक सर्विसेस डेलिवेरी (राइट टु सर्विस) विधेयक प्रमुख छ। गृह विभागका भारप्राप्त मन्त्री पनि रहेका मुख्यमन्त्री प्रेम सिंह तामाङले यो विधेयक सदनमा पेश गरेका हन्। यो विधेयक सदनमा ल्याउनुको उद्देश्य सरकारी कर्मचारी अनि अधिकारीहरूलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउनु रहेको छ। यो विधेयक कानून बनिएपछि कुनै पनि सरकारी अधिकारी अनि कर्मचारी आफ्नो कर्तव्य निर्धारित समयमा पूरा गर्न वाध्य हुनेछन्। यसले सरकारकी कामहरू समयमा पूरा हुनको साथै पारदर्शिता रहने विश्वास व्यक्त गरिएको छ। यसरी नै अन्य दुइवटा नयाँ विधेयकमा महात्मा गान्धी युनिभर्सिटी सिक्किम र सिक्किम रेजिस्ट्रेशन एण्ड लाइसेन्सिङ अफ् टुरिस्ट ट्रेड रहेको छ। क्रमैले शिक्षा मन्त्री कुङ्गा निमा लेप्चा र पर्यटन मन्त्री बीएस पन्तले यी विधेयकहरू सदनमा पेश गरे जसमाथि भोली अन्तिम दिनको सदनमा बहस अनि मतदान हुनेछ।
आजको सदनमा पेश गरिएका अन्य वेधेयकहरूमा सिक्किम पुलिस एमेडमेन्ट विधेयक, सिक्किम (री अर्गनाइजेशन अफ् डिस्ट्रिक्टस) एमेन्डमेन्ट विधेयक, सिक्किम लेबर (रेगुलेशन एफ् इप्लोइमेन्ट एण्ड कन्डिशन्स अफ सर्विसेस) एमेन्डमेन्ट विधेयक, सिक्किम क्यासिनो गेम्स (रेगुलेशन) एमेन्डमेन्ट विधेयक, सिक्किम शप्स एण्ड कमर्सियल स्ट्याब्लिसमेन्ट एमेन्डमेन्ट विधेयक, सिक्किम अफिश्यल ल्याङ्ग्वेजेस एमेन्डमेन्ट विधेयक, सिक्किम अनलाइन गेमिङ एण्ड स्पोर्ट्स गेमिङ (रेगुलेशन) एमेन्डमेन्ट विधेयक र सिक्किम एलटमेन्ट अफ् हाउस साइट्स एण्ड कन्स्ट्रक्शन अफ् बिल्डीङ (रेगुलेशन एण्ड कन्ट्रोल) एमेन्डमेन्ट विधेयक रहेको छ। यी सबै विधेयकमाथि पनि भोलीको सदनमा बहस र मतदान हुनेछ।
आजको सदनको कार्यवाही आरम्भ हुन अघि सदनमा भर्खरै स्वर्गवास भएका सिक्किम विधानसभाका पूर्व सदस्य टासा टाङ्गे लेप्चाको आत्माको चीर शान्तिको निम्ति दुई मिनटको मौन धारण गरियो भने शोक प्रस्ताव पनि राखियो। स्व. टासा टाङ्गे लेप्चाको शोक प्रस्तावमा सदनका नेता तथा मुख्यमन्त्री प्रेम सिंह तामाङ साथै मन्त्री सामडुप लेप्चा र विधायक पिञ्चो नामग्यल लेप्चाले पनि भाग लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement