कानपुर: बंग्लादेश क्रिकेट टीमका मुख्य प्रशिक्षक चण्डिका हथुरुसिंघेले उनका खेलाड़ीहरूले चेन्नईमा भारतविरुद्ध खेलिएको पहिलो टेस्ट म्याचमा आफ्नो प्रतिभा र क्षमतासँग न्याय नगरेको बताउँदै शुक्रवारदेखि शुरु हुने दोस्रो टेस्ट म्याचमा असल प्रदर्शन गर्ने भरोसा व्यक्त गरे। पहिलो टेस्टमा कप्तान नजमुल हसन शान्तो र अनुभवी शाकिब अल हसनको साथमा शीर्ष क्रमका ब्याटर जाकिर हसनले असल शुरुवात गरे पनि त्यसको फाइदा उठाउन सकेनन्। यसैकारण बंग्लादेशले २८० रनले हारको सामना गर्नु परेको थियो। हथुरुसिंघेले बुधवार भने, हामी यसलाई लिएर सामान्य चिन्तित छौं कारण टेस्ट क्रिकेटमा असल शुरुवातलाई ठूलो ईनिंग्समा परिणत गर्नु महत्त्वपूर्ण हुन्छ। हाम्रा केही खेलाड़ीहरूले क्रीजमा पर्याप्त समय बिताए तर उनीहरूले त्यसको फाइदा उठाउन सकेनन्। भारतीय टीमले मौका कम्ती नै दिने गर्छ अनि हामी यस कुरासँग अवगत छौं। यसैकारण हामीले लामो समयसम्म ब्याटिंग गर्नु पर्नेछ। यसबाहेक बंग्लादेशको टीमको शीर्ष क्रममा चारजना देब्रे हातका खेलाड़ी सामेल छन्। ब्याटिंगमा दाहिने-देब्रे संयोजनले साधारणत असल काम गर्छ कारण यसले बलरलाई अलग सोच्न वाध्य गर्छ। यसबारे बंग्लादेशका प्रशिक्षकले भने, यी सबै हाम्रा सर्वश्रेष्ठ खेलाड़ी हुन् । यसैकारण दाहिने या देब्रे हातले केही फरक पर्दैन। टीममा कुनै फेरबदल गर्नु परे हामी पीचको स्थितिलाई बिचारेर गर्नेछौं। हामीलाई दोस्रो टेस्टमा असल परिणामको आशा छ।