सिलगढी: सिलगढी नगर निगमको ३७ नम्बर वार्डको नेताजी पल्लीस्थित एउटा घरमा चोरीको घटना भएको छ। जानकारी अनुसार, नेताजीपल्लीका शिक्षिका रमा नन्दी सदा झैं मंगलबार पनि बिहान स्कूल गएकी थिइन्।
साँझमा आफ्नो घर फर्किएपछि उनले दैलोमा ताला झुन्डिएको तर दैलो भित्रबाट बन्द रहेको थाहा पाए। त्यसपछि उनले छेउछाउका मानिसहरू र आफन्तलाई यस बारेमा जानकारी दिइन्। तिनी घरभित्र पसेपछि खिडकीको ग्रील भत्काएर घरमा चोरी गरेको थाहा पाए।

जानकारी अनुसार, घरमा राखेको लाखौं रुपियाँको नगद लगायत सुनका गर-गहनाहरू चोरी भएका छन्। घटना पछि तिनले पुलिसलाई जानकारी गराए। सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको जाँच सुरु गरेको छ।