गान्तोक: सोरेङ जिल्ला अन्तर्गत दोदकमा निर्माणाधीन श्रीधाम वृन्दावन धामको निरीक्षण खण्ड विकास अधिकारी ओङदी शेर्पा लगायत एसकेएम पार्टीका सीएलसी सदस्यहरूले गरे। स्मरण रहोस्, ३० नोभेम्बर २०२० राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले श्रीधाम वृन्दावनको भूमिपूजन साथै शिलान्यास गरेका थिए। पर्यटन विभाग अन्तर्गत पहिलो चरणमा वृन्दावन निर्माणका लागि २ सय ४१ करोड लगतमा निर्माणकार्य शुरु हुन साथ वैश्विक महामारी कोरोना भाइरसले लगभग डेढ दुई वर्ष निर्माण कार्यमा बाधा उत्पन्न गरेको थियो। तर अहिले कोरोनाको मामिलामा केही सामान्य भएपछि निर्माणकार्य युद्धस्तरमा चलिरहेको छ भने छोटो अवधिमामा वृन्दावनको स्वरूप ढाँचा देख्न थालेको छ। समितिका अध्यक्ष एवम् मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराजको निगरानीमा पानीझरी नभनी दिनरात श्रीधाम वृन्दावन निर्माण भइरहेको छ। निरीक्षण टोलीले जानकारी गराए अनुसार सम्बन्धित विभागले दिएको समयसिमा भित्र निर्माण कार्य पूरा गर्ने ठेकेदारले विश्वास पनि व्यक्त गरेका छन्। एसकेएम सरकार परिकल्पनामा काम गर्छ भनेर चुनावको समयमा दिएको वचन सरकार गठन भएको एक बर्ष भित्रमा मुख्यमन्त्रीले पूरा गरेका छन्। दोदक श्रीधाम वृन्दावनसँगै अन्य पवित्र धार्मिक स्थलको रपमा यसलाई विकसित गरेर एउटा पर्यटकीय गन्तव्य बनाउने लक्ष्य मुख्यमन्त्रीको सोच भएकोले कुनै कुरामा सम्झौता नगरि निर्माणकार्य पूरा गर्ने कम्पनीका अभियन्ताहरूलाई खण्ड विकास अधिकारीले निर्देश दिएका छन्।









