आईसीसी ऱ्याङकिंगमा पन्तलाई फाइदा जबकि गुरबाजको ऐतिहासिक सफलता

photocollage_2024925195118951

दुबई: भारतका विकेटकीपर ब्याटर रिषभ पन्तले लामो अन्तरालपछि टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा फेरि शीर्ष १०-मा प्रवेश गरेका छन्। आईसीसीद्वारा जारी ताजा ऱ्याङकिंगमा सबै प्रारूपमा धेरै फेरबदल भएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा रोमाञ्चक हप्तापछि विश्वका धेरै शीर्ष खेलाड़ीहरूका टेस्ट र वनडे ऱ्याङकिंगमा महत्त्वपूर्ण फेरबदल भएको छ। चेन्नईमा बंग्लादेशविरुद्ध पहिलो टेस्ट म्याचको दोस्रो ईनिंग्समा शतक बनाउने पन्त टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा छैटौं स्थानमा पुगेका छन्। उनीसँग ७३१ रेटिंग पोइण्ट्स रहेको छ। यसरी युवा ओपनर यशस्वी जयसवाल ७५१ रेटिंग पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेका छन्। यसबीच भारतीय कप्तान रोहित शर्मा चाहिँ ५ स्थान झरे पनि शीर्ष १०-मा कायम छन्। उनी ७१६ पोइण्ट्सको साथ दशौं स्थानमा रहेका छन्। उनले बंग्लादेशविरुद्ध टेस्ट म्याचको दुईवटा ईनिंग्समा मिलाएर १० भन्दा कम्ती रन बनाएका थिए। टेस्ट ब्याटरहरूका सूचीमा न्यूजील्याण्डका केन विलियम्स (८५२ पोइण्ट्स) शीर्ष स्थानमा रहेका छन्।
यसरी बलिंग विभागमा श्रीलंकाई स्पिनर प्रबाथ जयसूर्याले गालमा न्यूजील्याण्डविरुद्ध पहिलो टेस्टमा आफ्नो असाधारण प्रदर्शनद्वारा सबैको ध्यान आकर्षित गरे। म्याचमा ९ विकेट लिने जयसूर्या जम्मा ७४३ रेटिंग पोइण्ट्सको साथ ५ स्थान अघि बढ़ेर आठौंं स्थानमा पुगेका छन्। यसरी श्रीलंकाकै असिथा फर्नाण्डो झरेर १३औं स्थानमा पुगेका छन्। ब्याटरहरूमा कामिण्डू मेण्डिस १६औं स्थानमा रहेका छन् जबकि धनञ्जय डी सिल्वाले अलराउण्डरहरूका ऱ्याङकिंगमा आफ्नो उपस्थिति दर्ता गराएका छन्। उनी ५ स्थान अघि बढ़ेर १८औं स्थानमा पुगेका छन्। यसरी वनडे इण्टरनेशनल क्रिकेटमा अफगानिस्तानका युवा खेलाड़ीहरूले इतिहास रचेका छन्। ओपनर रहमानुल्लाह गुरबाजले २३ सालभन्दा कम्ती उमेरमा आफ्नो सातौं शतक बनाएपछि वनडे ब्याटरहरूका ऱ्याङकिंगमा १० स्थानको जम्प लगाएर आठौं स्थान हासिल गरेका छन्। गुरबाजको उत्थान अफगानिस्तान क्रिकेटको निम्ति ऐतिहासिक क्षण हो कारण आईसीसी पुरुष वनडे ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष १०-मा स्थान बनाउने उनी आफ्नो देशका पहिलो खेलाड़ी हुन्। उनले आफ्नो असाधारण प्रदर्शनद्वारा अष्ट्रेलियाका ट्रेविस हेडलाई पनि पछि छोड़ेका छन्। ईंग्ल्याण्डविरुद्ध पहिलो वनडेमा अविजित १५४ रन बनाउने हेड अहिले नवौं स्थानमा रहेका छन्। अफगानिस्तानका लेग स्पिनर राशिद खान पनि दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको ऐतिहासिक सीरीज जीतको अवधि ७ विकेट लिएर वनडे बलरहरूका ऱ्याङकिंगमा ८ स्थान अघि बढ़ेर तेस्रो स्थानमा पुगेका छन्। राशिदकको उत्कृष्ट प्रदर्शनले अफगानिस्तानलाई आईसीसी ऱ्याङकिंगको शीर्ष ५-मा सामेल कुनै टीमविरुद्ध आफ्नो पहिलो वनडे सीरीज जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement