टिस्टा नहरबाट भेटियो अज्ञात शव

IMG-20240925-WA0265

सिलगढी: दमकल विभागका कर्मचारीहरूले आज फुलबारी नजिकैको टिस्टा नहरबाट एक अज्ञात व्यक्तिको शव बरामद गरे। मृतकको सनाखत गर्ने प्रयास भइरहेको छ। बुधबार फुलबारी–आमबारी राज्य राजमार्गको फुलबारी नजिकै चोबाभिता टिस्टा नहरमा एक व्यक्तिको शव स्थानीयवासीले देखेपछि एनजेपी पुलिस चौकीलाई खबर गरियो। सूचना पाएपछि पुलिस घटनास्थल पुग्यो। शव नहरको बीचमा रहेकाले फुलबारी दमकललाई खबर गरियो। दमकलको टोलीले घटनास्थल पुगेर व्यक्तिको शव निकाल्यो। पुलिसले शवलाई उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा पठाएको छ। प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

Advertisement