सिलगढी: हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्कद्वारा २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम मार्फत मनाइनेछ। यसबारे जानकारी दिँदै हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्कका तर्फबाट सम्राट सन्यालले भने कि २७ तारिख बिहान ७ बजेदेखि सिलगढी बाघाजतिन पार्कदेखि मैनाक टुरिष्ट लजसम्म र्याली निकालिनेछ। यस यात्रामा पर्यटन व्यवसायसँग आवद्ध विभिन्न संघसंस्थाका व्यक्तिहरुसँगै विभिन्न विद्यालयका विद्यार्थीहरुको समेत सहभागिता रहनेछ। त्यसपछि, दिव्यांग भएका विद्यालयका विद्यार्थीहरूलाई टोय ट्रेनमा लगिनेछ। विद्यार्थीहरूले रमाइलो गर्नसक्ने गरी सबै प्रकारको व्यवस्था गरिएको छ। सिलगढी जंक्शनदेखि सुकना सम्म जोय राइडको व्यवस्था गरिएको छ। यस दिनलाई अझ राम्रोसँग मनाउन सुकना स्टेशनमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। खेलौना ट्रेन उत्तर बंगालको गौरव भएकोले यसका अलावा हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्कले पर्यटन क्षेत्रमा काम गर्ने नयाँ व्यवसायीलाई समेत सम्मान गर्ने सम्राट सान्यालले बताए। यसको उद्देश्य पर्यटन क्षेत्रमा थप व्यवसायीहरूलाई प्रोत्साहन गर्ने हो।